२७ माघ, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । प्राधिकरणमा राम्रो काम गरेको भन्दै यसअघि पहिलेका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुत्ति हुनुपर्ने भन्दै उनका सर्मथनमा बिभिन्न नारावाजी समेत भएका थिए ।
सोमबार बसेको मन्त्री परिषदको बैठकले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका शाक्यलाई कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो । उर्जा मन्त्रालयले शाक्यलाई गत कार्तिक २१ गते नेपाल बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
उपकार्यकारी निर्देशक शाक्यलाई एनआईए ईन्जिनिएरिङ कम्पनीबाट काज फिर्ता नियुुक्ति गरिएर कायममुकायमको जिम्मेवारी दिईएको थियो ।
तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।
तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो ।





