पु.समाचार

कांग्रेस पदाधिकारी बैठक आज देउवा निवास बुढानिलकण्ठमा बस्दै

२० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने भएपछि उक्त बैठककालागी रणनीति तय गर्न आज कांग्रेसले पदाधिकारी बैठक डाकेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा आज दिउँसो ३ बजे बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने भएको हो ।

यस्तै सभापति देउवाले जिम्मेवारी आयो भने प्रधानमन्त्रीको पदबाट पछि नहट्ने बताएका छन् ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सरकारमा जान नहुने अडान राखेका छन् । साथै कांग्रेसले संसदीय दलको बैठकपनि भोलीकालागी बोलाएको छ ।