सामाजिक सञ्जाल

नेतृत्व नै सत्ता स्वार्थ र व्यक्तिगत फाईदामा लाग्दा राजनैतिक मुल्य स्खलितः नेता शर्मा

२५ फागुन, काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेतृत्व नै सत्ता स्वार्थ र व्यक्तिगत फाईदामा लाग्दा राजनैतिक मुल्य स्खलित भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता शर्माले परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नु बाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको बताएका  हुन् ।

उनले आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढ्दै जाँदा समस्या उत्पन्न भएको पनि बताएका छन् । नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जाँदा समस्या उत्पन्न भएको बताएका हुन् । शर्माले राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योग्दानको उच्च सम्मान गर्नुपर्ने उनको भनाई छ ।

साथै नेता शर्मँले लोकतन्त्र, राष्ट्रियता र जनताका सपना बाट विचलित विकृत राजनीति प्रति घृणा गर्दै लोकतान्त्रिक मुल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादि भावना र जनताप्रतिको उत्तरदायित्वपुर्ण आचरणमा प्रतिबद्ध हुनुपर्नेमा समेत जोड दिएका छन् ।

उनले समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरू विच हातेमालो गर्नुपर्ने बताएका छन् । उनले प्राप्त उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न उठिरहेको समेत बताएका छन् । उनले आफै भित्र उत्तर खोज्दै जादा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्व बाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ उनले भने ।