सामाजिक सञ्जाल

दाहालप्रति खगेन्द्र संग्रौलाको व्यंग्यः ‘हारेको जुवाडे’

२७ फागुन, काठमाडौं । बुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले भर्खरै पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘होरको जुवाडे’ को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले आफ्नो पार्टी, आदर्श र एजेन्डालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा अर्पण गर्दा दाहालले आजको स्थिति भोग्नुपरेको टिप्पणी गरेका छन् ।

उनले दाहालले पार्टी, आदर्श र एजेन्डा ओलीका चरणमा अर्पण गर्दा दस वर्ष प्रधानमन्त्री भएर अमरत्त्व प्राप्त गर्ने सपना देखेको समेत टिप्पणी गरेका छन् ।

अहिले आफ्नो महलका बादल, लेखराज, टोपे, मणि, प्रभु र गौरीशङ्करलाई ओलीका तबेलामा छाडेर हारेको जुवाडेझैँ हताश भएर पाखा लागेको बताएका छन् । उनले भने कठै,पीँधविनाका लोटाको दुःख !

उनको ट्वीटः दाहाल सरले पार्टी,आदर्श र एजेन्डा ओली सरका चरणमा अर्पण गर्दा दस वर्ष प्रधानमन्त्री भएर अमरत्त्व प्राप्त गर्ने सपना देखेका थिए,अहिले आफ्नो महलका बादल,लेखराज,टोपे,मणि,प्रभु र गौरीशङ्करलाई ओली सरका तबेलामा छाडेर हारेको जुवाडेझैँ हताश भएर पाखा लागे । कठै,पीँधविनाका लोटाको दुःख !