सामाजिक सञ्जाल

कम्युनिष्ट विचारधारासँग लड्नु र सारा दल निरीह बनाइनु एउटै कुरा होइनः ढुंगाना

२७ फागुन, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले कम्युनिष्ट विचारधारासँग लड्नु र सारा दल निरीह बनाइनु एउटै कुरा नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले यस्तो बनाएका हुन् । साथै उनले संसदमा दलीय पहिचान गोलमाल हुन लागेको समेत टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, यसमा खुशियाली मनाउन मिल्ला र ? एमाले र माओवादी केन्द्रलाई कानूनः एकिकृत गर्ने काम निर्वाचन आयोगले गर्यो, यो एकिकरण मिलेन भन्ने काम चाहिं वेप्रसंग अनाधिकार अर्को निकायले गर्यो ।

सर्वोच्च अदालतले दुई खेमामा बाडिएको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ । सोहि बिषयलाई लिएर उनले यस्तो ट्वीट गरेका हुन् ।

उनको ट्वीटः यसमा खुशियाली मनाउन मिल्ला र ?  एमाले र माओवादी केन्द्रलाई कानूनः एकिकृत गर्ने काम निर्वाचन आयोगले गर्यो, यो एकिकरण मिलेन भन्ने काम चाहिं वेप्रसंग अनाधिकार अर्को निकायले गर्यो । कम्युनिष्ट विचारधारासँग लड्नु र सारा दल निरीह बनाइनु एउटै कुरा होइन। संसदमा दलीय पहिचान गोलमाल हुँदैछ ।