सामाजिक सञ्जाल

संग्रौलाको व्यंग्यः अब पीके माकुने कि न्यायको राजनीतिमा कि ओलीकृत नरकबासमा

२९ फागुन, काठमाडौं । बुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले बाँदरलाई मकैबारीको गोठालो बनाएर सर्पलाई दुधले पोस्दा निस्कने नतिजा पीके र माकुने लाई ओलीले देखाइदिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले अब पीके माकुने कि सत्य र न्यायको राजनीतिमा कि ओलीकृत नरकबासमा भन्दै बिचको बाटो नभएको बताएका छन् ।

उनले अगाडी भने अब ओली सरले अख्तियार, सम्पत्ति शुध्दीकरण र हेगको तरबार चलाउन बेर छैन भनेका छन्।

उनको ट्वीटः बाँदरलाई मकैबारीको गोठालो बनाएर सर्पलाई दुधले पोस्दा निस्कने नतिजा पीके र माकुने सरलाई देखाइदिए त ओली सरले ! अब ओली सरले अख्तियार, सम्पत्ति शुध्दीकरण र हेगको तरबार चलाउन बेर छैन । आइन्दा पीके माकुने सर कि त सत्य र न्यायको राजीतिमा कि ओलीकृत नरकबासमा, बीचको बाटो छैन । चेतना भया !