सामाजिक सञ्जाल

जसपा कसैको पुच्छर हैन, आफै देशको नेतृत्व गर्ने शक्ति होः डा.भट्टराई

१ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन् ।

साथै डा.भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता नगर्ने बताएका छन् ।

जसपाबारे जान्नैपर्ने कुरा उनले जसपा तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी नभई परम्परागत राजनीतिको अग्रगामी विकल्प भएको बताएका छन् ।

उनको ट्वीटः जसपाबारे जान्नैपर्ने कुराः १ यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैनसबरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ! २.गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैनस 3 । यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो ।