सामाजिक सञ्जाल

प्रधानमन्त्रीले कडै चुनौती दिएका छन्, सक्छौ भने हटाएर देखाउ: पुर्व सभामुख ढुंगाना

१ चैत्र, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले आँफुलाई हटाएर देखाउन प्रधानमन्त्री ओलीले दिएको चेतावनीलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

ढुंगानाले प्रधानमन्त्रीले कडै चुनौती दिएका छन्, सक्छौ भने हटाएर देखाउनुस् भनेका छन् ।

कम्युनिष्ट पार्टीको सच्चा विधानमा विधायिकाले कार्यकारिणी प्रमुख वा प्रधानमन्त्रीलाई हटाउने प्रावधानै नहुने पनि उनले बताएका छन् ।

उनले अगाडी भनेका छन्ः विरलै कतै भएनै पनि वागी विद्रोही नेताहरू यतिसम्म लायक वा नालायक हुँदैनन् ।

उनको ट्वीटः सक्छौ, हटाऊ. प्र.म.ओलीले कडै चुनौती दिनुभएछ । कसैलाई किञ्चित भ्रम नहोस्, टिकाटिप्पणी नहोस् । कम्युनिष्ट पार्टीको सच्चा विधानमा विधायिकाले कार्यकारिणी प्रमुख वा प्रधानमन्त्रीलाई हटाउने प्रावधानै हुँदैन। विरलै कतै भएनै पनि वागी विद्रोही नेताहरू यतिसम्म लायक वा नालायक हुँदैनन् !