स्वास्थ्य

कांग्रेस नेता जोशिको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

६ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशिको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । थापाथलिस्थित नर्भिक हस्पिटलमा उपचाररत पुर्व मन्त्री समेत रहेका जोशिको उपचारमा सरकारले उक्त रकम सहयोग गर्ने भएको हो ।

उपचाररत जोशिको स्वास्थ्य अवस्थता बुझ्न आज बिहान अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले जोशिका परिवारसंग सहयोग गर्ने बचन दिएका हुन् । आज बिहान ९ बजे नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोख्रेलले जोशिको स्वास्थ्य लाभको कामना समेत गरेको थिए ।

उनले जोशिको पछिल्लो स्वास्थ्य अबस्थाको बारेमा समेत अपडेट लिएका छन् ।  कांग्रेस नेता जोशिलाई मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखी नर्भिकमा अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेको छ ।