खेलकुद

भारतिय चर्चित लिग आईपीएल आजदेखी सुरु हुँदै

२७ चैत्र, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजबाट सुरु हुँदैछ । चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोरबीचको खेलसँगै आईपीएलको नयाँ संस्करण सुरु हुनेछ ।

मुम्बई र बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । एमए चिदंबरम स्टेडियममा रोहित शर्माको कप्तानीमा मुम्बई सुखद सुरुवात गर्न चाहन्छ ।

साविक विजेता मुम्बई आईपीएलको नयाँ संकरणको पहिलो खेलबाटै आफ्नो दाबेदार पस्कन चाहन्छ । तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने हुने छैन । बैंगलोर पनि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ । पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ । बैंगलोरले २ खेल जितेको छ । गत सिजनको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए ।

यस्तै मुम्बईबाट – रोहित शेर्मा, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्डय, केईरन पोलार्ड, जेम्स निशम, कुर्नाल पाण्डय, नाथन कल्टर, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह र बैंगलोर – विराट कोहली, देबदत पडीक्ल, एबी डिभीलियर्स, ग्लेन म्याक्सवेल, मोहमद अझरुदीन, डानिल क्रिस्टियन, वासिङ्गटन सुन्दर, केली जेमिसन, नाभदिप शैनी, मोहमद सिराज, युजभेन्द्र चाहल खेलाडी रहेका छन् ।