राजनीति

तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैनः अध्यक्ष थापा

२१ जेठ, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन भन्दै सरकारले ल्याएको चुरे नीतिको बिरोध गरेका छन् । उनले ‘खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छू’भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको दाबी गरेका छन् । चुरेलाई नास गर्नेभन्ने आएका बिबादहरुको सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने माग अध्यक्ष थापाले ट्वीटमार्फत बताएका छन् ।

अध्यक्ष थापाको ट्वीटः ‘खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ’भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ। यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।वातावरणीय सन्तुलन विगार्ने तथा तराईरमधेश र भित्री-मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन