२४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ओली रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेछन् भनेका छन् । नेता पौडेलले सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र ‘बहुल रास्ट्र मुक्तिसँग्राम गर्न’ सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् भनेका छन् ।
सत्ता होइन ब्यबस्थालाई महत्त्व दिउँ भन्दै थिएँ भन्दै बरिष्ठ नेता पौडेलले सरकारको आलोचना गरेका छन् ।
बरिष्ठ नेता पौडेलको ट्वीटः सत्ता होइन ब्यबस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी केपि ओलिले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र ‘बहुल रास्ट्र मुक्तिसँग्राम गर्न’ सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् ।
ओली रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेछन्।






