राजनीति

राउटे युवतीमाथी बलात्कार गर्नेलाई अनुसंधान गरी कडा कारबाही गर्न डा संग्रौलाको आग्रह

२५ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले लोपोन्मुख राउटे समुदायका दुई युवतीमाथि बर्बरता पुर्बक पासविक तरिकाले भएको बलात्कार घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेकी छन् ।
डा संग्रौलाले यस्तो अमानबिय घिनलाग्दो घटनाको जति निन्दा र भत्सर्ना गरे पनि पुग्दैन भन्दै यस्ता राउटे जातिको संरक्षण सामाजिकरण एबम पुनरुत्थान गर्नुको साटो उनिहरु माथिको यौन दुर्व्यवहार असैय र अक्षम्य भएको बताएकी छन् ।
उनले लोपोन्मुख समुदाय राउटेको दीर्घकालीन संरक्षण, सुरक्षा र उनीहरूको परम्परागत संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै सामाजिकीकरणतर्फ तत्काल कार्य गर्न तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएकी छन् ।
नेतृ संग्रौलाले राउटे समुदायका युवतीहरूलाई होटलमा लगेर मदिराले लठ्याएर गरिएको पासबिक यौनजन्य अपराधमा संलग्न अपराधिहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकाय संग जोडदार माग गरेकी छन् ।
उनी भन्छिन्ः आइतबार बिहानै सुर्खेतमा लोपोन्मुख राउटे समुदायका दुई युवतीमाथि बर्बरता पुर्बक पासविक तरिकाले भएको बलात्कार घटना सार्बजनिक हुदा हामी सबैलाइ्, दुःखी र अत्यन्त लज्जित बनाएको छ । यस्तो अमानबिय घिनलाग्दो घटनाको जति निन्दा र भत्सर्ना गरे पनि पुग्दैन। यस्ता राउटे जातिको संरक्षण सामाजिकरण एबम पुनरुत्थान गर्नुको साटो उनिहरु माथिको यौन दुर्व्यवहार असैय र अक्षम्य छ।
राउटे समुदायका युवतीहरूलाई होटलमा लगेर मदिराले लठ्याएर गरिएको पासबिक यौनजन्य अपराधमा संलग्न अपराधिहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकाय संग जोडदार माग गर्दछु।
साथै लोपोन्मुख समुदाय राउटेको दीर्घकालीन संरक्षण, सुरक्षा र उनीहरूको परम्परागत संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै सामाजिकीकरणतर्फ तत्काल कार्य गर्न तीन वटै तहका सरकारको ध्यानाकर्षण गराउँदछु।