२६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद भंग गर्ने सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई नेपालको संबिधानमा नभएको बताएका छन् । उनले एक टेलिभिजन कार्यक्रमको अन्तर्बातामा बोल्दै संसद भंग गर्ने गरिएको सिफारिसलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले फिर्ता गर्नुपर्ने भएपनि राष्ट्रपति संबिधानको संरक्षक भएको आधारमा पुनःबिचार गर्न आग्रह गर्नुपर्ने कर्तब्य हुनुपर्ने बताएका छन् ।
बरिष्ठ नेता पौडेलले राष्ट्रपति केवल ढुंगामात्र नभएर उक्त संस्था संबिधानको संरक्षक भएको हुँदा संबिधान बचाउन राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सनकलाई रोक्न पटक पटक भएको संसद बिघटन भएर भएको राष्ट्रको क्षतिलाई बचाउन भूमिका खेल्नुपर्ने बताएका छन् ।
बरिष्ठ नेता पौडेलले राष्ट्रपति भण्डारीले संबिधानको संरक्षक भएका कारण जसतो पायो त्यास्तो छाड्न नहुने बताए । उनले राष्ट्रपतिको मर्यादा, दायीत्व पुरा गर्न लागि पर्नुपर्ने भनेर काँग्रेसले सम्झाएको, प्रधानमन्त्रीले जे भन्यो त्यो गर्ने दायीत्व नभएको सम्झाएको भएपनि नमानेको तथ अहिले पनि काँग्रेसले त्यही भनेको बताए ।
रामबरण यादबले जे गरेपनि सल्लाह गरेर र प्रधानमन्त्रीले जे भन्यो त्यही नगरेको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्नो हैशियत भने नबुझेको बताए । उनले राष्ट्रपतिले आफ्नो कार्यालयमा ६ घण्टाभन्दा बढी बिपक्षी दलका नेताहरुलाई कुराएर राखेको र बालुवाटारको निर्देशनमा चलेको बताए । उनले संबिधानको मर्म र भावना अनुसार चल्नुपर्ने बताए । नेता पौडेलले जनताको बिश्वासमाथी घात गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीका कारण जनता दुईतिहाई मत दिएका नेपाली जनता कम्युनिष्टसँग निरास भएको बताए ।
बरिष्ठ नेता पौडेलले काँग्रेसले कहिल्यै प्रधानमन्त्रीको राजीनामा नमागेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकमा दिउँसै रात पारेको बताए । नेता पौैडेलले आफु मौका मिल्छ कि, कतै पद पाईहालिन्छ कि भन्ने भन्दा बिधिको शासनको पक्षमा रहेको बताउँदै स्थीर सरकार भएपछि ५ बर्षपछिमात्र काँग्रेसले हिसाव खोज्ने सोचमा भएको बताए ।
नेता पौडेलले कुन ब्यवस्थाका लागि भन्ने हो, लोकतन्त्र मेरो लागि प्राण भएको भन्दै मध्यावधी घोषणा गर्दा देशमा अस्थिरता स्थापना भएको बताए । उनले सरकारले प्रणालीलाई नै बिगार्नेगरी गरिएका कार्यहरुको आफुले सधैं निन्दा गरिरहने बताए । उनले आफुले काँग्रेसले संसद बिघटन गरेर अगाडी बढ्दा पनि आफुले बिरोध गरेको स्मरण गर्दै मनमोहन अधिकारीको पालामा पनि आफु बिरोधमा नै उत्रेको बताए । आफु ब्यक्तीभन्दा प्रणालीको पक्षमा रहेको भन्दै जनताको अमितमाथी खेलबाड गर्ने, जनतालाई जे गरेपनि केही हुन्न भन्ने खेलाँची गर्ने, लोकतनत्रको सिँढिमा चढेर जथाभावी गर्ने कार्यको म सधैं बिरोधी हुँ ।
प्रधानमन्त्रीले निर्बाचन घोषणा गरेर अहंकार देखाएको भन्दै त्यसले देशको भबिश्व अन्यौल भएके बताए । नेताहरुमा आफु मरेपछि संसद वा प्रणाली नै नचाहिने प्रबृति भएको भन्दै त्यो गलत भएको बताए । ओलीले निर्बाचन गर्न पनि नसक्ने उनले दाबी गरे।पटक पटक नयाँ प्रयोगमा नलागौं भन्दा पनि भारत र चीनले गरेको प्रगतीलाई हेरेर बिकासका लागि लाग्नुपर्छ भन्ने बताए ।





