राजनीति

ओलीतन्त्रमा संविधान, लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्तः डा भट्टराई

३१ जेठ, काठमाडौं । जसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ओलीतन्त्रमा संविधान, लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए भन्ने टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि’हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ भन्दै उक्त टिप्पणी गरेका हुन् ।

डा भट्टराईले प्रतिगमनको रथ त्यतिकै रोकिने छॉटकॉट छैन भन्दै खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्रको रुपमा कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू, चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू, मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह! थप ट्वीटमा भनेका छन् ।
डा भट्टराईले निर्बाचन आयोगले गरेको जसपा बिबादको निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत जोडेर आलोचना गरेका हुन् ।

डा भट्टराईले दुईपटक गरेको ट्वीटः ओलीतन्त्रमा संविधान, लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए। निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि’हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ। प्रतिगमनको रथ त्यतिकै रोकिने छॉटकॉट छैन है!
खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्रस् कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह !