राजनीति

भ्रम/होहल्लाको पछि लाग्ने फुर्सद छैन, अहिले हामी सामाजिक काममै लागिरहन्छौँः नेता केसी

१ साउन, नुवाकोट। यसोदा देवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको तर्फबाट अक्सिजन कंसंटेटेर र माक्स सेनिटाइजर बितरण गरिएको छ । नेपाली काँग्रेसका नुवाकोट जिल्ला सभापति एबम् यसोदा देवी भगवान सिंह केसी मेमोरियल ट्रस्टका महासचिव जगदीश्वर नरसिंह केसीले नुवाकोटका बेलकोटगढी नगरपालिका साबिक मदानपुर (बेलकोटगढि १२ र १३) कुमरि, बेलकोट, जिलिङ, रातमटे ,दुइपिपल र सूर्यगढी गाउँपालिकाका तादिगाउपालिकाको उर्लेनि दुप्चेश्वरको वडान २ क्षेपार लगायत विभिन्न ११ वटा वडामा सम्बन्धित वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थामा रहने गरी एक एकवटा अक्सिजन कन्सन्ट्रेटरसहित मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जनाएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, नेपाल मेडिकल काउन्शीलका पुर्व अध्यक्ष डा केदारनरसिंह केसीको उपस्थितिमा उक्त सामाग्री अध्यक्ष जगदीश्वर नरसिंह केसीले बितरण गरेका हुन् ।
नेता केसीले बिज्ञप्तीमार्फत भनेका छन्, ‘जनता सङ्कटमा परेको बेला राजनीतिभन्दा माथि उठेर आफ्नो अर्को नहेरी हामी मानवीय सेवामा तल्लीन छौँ । र, निरन्तर तल्लीन रहने छौँ । देश विदेशमा रहेर हाम्रो यो अभियानमा आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद दिन चाहन्छौं । पत्रकारिताको खोल ओढेर गरिएको दुषित राजनीति र दुषित राजनीतिका लागि गरिएको पत्रकारिताले फैलाउने झुट र भ्रमका विकृत होहल्लाको पछि लाग्ने फुर्सद हामीसँग छैन । अहिलेलाई हामी सामाजिक काममै लागिरहन्छौँ ।’

उनले सार्बजनिक आह्वान गर्दै भनेका छन्, ‘अकालमा मर्नबाट मानिसको जीवन बचाउनु छ । आउनुस्, तपाईं पनि यो अभियानमा सरिक हुनुहोस् ।’

नेता केसीको बिज्ञप्तीः यसोदा देवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको तर्फबाट आज नुवाकोटका बेलकोटगढी नगरपालिका साबिक मदानपुर (बेलकोटगढि १२ र १३) कुमरि, बेलकोट, जिलिङ, रातमटे, दुइपिपल र सूर्यगढी गाउँपालिकाका तादिगाउपालिकाको उर्लेनि दुप्चेश्वरको वडान २ क्षेपार लगायत विभिन्न ११ वटा वडामा सम्बन्धित वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थामा रहने गरी एक एकवटा अक्सिजन कन्सन्ट्रेटरसहित मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरियो । जनता सङ्कटमा परेको बेला राजनीतिभन्दा माथि उठेर आफ्नो अर्को नहेरी हामी मानवीय सेवामा तल्लीन छौँ । र, निरन्तर तल्लीन रहने छौँ । देश विदेशमा रहेर हाम्रो यो अभियानमा आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद दिन चाहन्छौं । पत्रकारिताको खोल ओढेर गरिएको दुषित राजनीति र दुषित राजनीतिका लागि गरिएको पत्रकारिताले फैलाउने झुट र भ्रमका विकृत होहल्लाको पछि लाग्ने फुर्सद हामीसँग छैन । अहिलेलाई हामी सामाजिक काममै लागिरहन्छौँ । अकालमा मर्नबाट मानिसको जीवन बचाउनु छ । आउनुस्, तपाईं पनि यो अभियानमा सरिक हुनुहोस् ।