राजनीति

सरकारलाई बस्ती स्थानान्तरण गर्न आग्रह गर्दै उद्दार/राहतमा खट्न कार्यकर्तालाई देउवाको निर्देशन

२ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति देरबहादुर देउवा सिंन्धुपाल्चौक, मनागंलगायत देशका बिभिन्न भागमा भएको बर्षाका कारण भएका भएको बाढी र पहिरोका कारण जनधनको क्षति र मानवीय समस्या भएका कारण दुँख ब्यक्त गरेका छन् । पुर्व प्रधानमन्त्री तथा प्रमुखप्रतिपक्षी दलका नेतासमेत रहेका सभापति देउवाले बाढीग्रस्त क्षेत्रका जनताको उद्दार तथा राहतमा खट्न नेपाली काँग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सभापति देउवाले सरकारलाई तत्काल विपदमा परेका जनतालाई ३उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवस्यक राहत प्याकेज घोषणा गर्न माग पनि गरेका छन् । देशका बिभिन्न भागमा भएको बाढीपहिरोका कारण जनधनको क्षति भएको छ ।