राजनीति

ओलीले एकलौटी बोलाएको गुटको बैठकमा आत्मासमर्पण गरेर सहभागी हुन्नौः नेतृ झाँक्री

२ असार, काठमाडौं ।नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मसमर्पण गरेर नेपाल समूहका कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन भनेकी छन् । उनले ट्वीट गर्दै आज बोलाईएको अध्यक्ष ओली पक्षको स्थायी समिति बैठकमा हामीले आज सम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर नेपालतर्फका स्थायी समिति सदस्यहरु उपस्थित नहुने बताएकी छन् ।
नेतृ झाँक्रीको ट्वीटः असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको बैठक होला। हामीले आज सम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन।