राजनीति

बाढीपहिरोका कारण धनजनको क्षतिको दुःखद खबर सुन्दा हामी दुखित छौंः पूर्वराजा शाह

३ असार, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढीपहिरोका कारण देशभरका धेरै जिल्लाहररूमा धनजनको क्षतिको दुःखद खबर सुन्दा हामी दुखित छौं भनेका छन् । उनले ट्वीट गर्दै अहिले प्राकृतिक विपत्ति आईपरेको छ, यसबेला सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण तर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ भनेका छन् ।
पुर्व राजा शाहले अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस् भनेका छन् । उनले सरकारले माहामारी र बाढी पहिरोबाट हुने क्षती न्यूनिकरणका लागि जिम्मेवार भूमिका खेल्नुपर्ने संकेत गरेका छन् ।
उनको ट्वीटः अहिले प्राकृतिक विपत्ति आईपरेको छ। धेरै जिल्लाहररूमा धनजनको क्षतिको दुःखद खबर सुन्दा हामी दुखित छौं। यसबेला सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण तर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ। अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस्।