राजनीति

ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भोः डा भट्टराई

६ असार, काठमाडौं । जनता समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराईले ओली(विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो भनेका छन् । उनले ट्वीट गर्दै स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु भन्दै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई संकेत गर्दै आक्रोश पोखेका छन्
डा भट्टराईको ट्वीटः ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो१ मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन। स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु! NOT IN MY NAME!