राजनीति

सर्वोच्च अदालतको आदेश प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदममाथि गतिलो झापडः नेता राणा

९ असार, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता उदय शम्सेर राणाले सर्वोच्च अदालतको आदेश प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदममाथि गतिलो झापड भएको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारी प्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै हामी दुई जना मिलेपछि संविधान कानुन केहि चाहिदैन भन्ने मानसिकतामाथि सर्वोच्चले लगाम लगाइदिएको भनेका छन् ।
पुर्व राजयमन्त्रीसमेत रहेका नेता राणाले अब कम्तिमा संविधानभन्दा माथि कोहि छैन भन्ने कुरा बालुवाटार र शितलनिवासले बुझ्यो होला नि भन्ने बताएका छन् ।

उदय शम्सेरको ट्वीटः आजको सर्वोच्च अदालतको आदेश प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदममाथि गतिलो झापड हो । हामी दुई जना मिलेपछि संविधान कानुन केहि चाहिदैन भन्ने मानसिकतामाथि सर्वोच्चले लगाम लगाइदिएको छ ।
अब कम्तिमा संविधानभन्दा माथि कोहि छैन भन्ने कुरा बालुवाटार र शितलनिवासले बुझ्यो होला नि!