राजनीति

धनराजले भनेः प्रधानमन्त्री ओलीलाई सपथ खुवाउँदा हिहि गर्ने राष्ट्पति…देउवालाई..

३१ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले देउवालाई प्रधानमन्त्तीमा नियुक्त गर्दा बधाई नदिनुमा राष्ट्रपति सबैको हुन् कि हैनन् भन्ने प्रश्न उब्जाएको बताएका छन् ।
नेता गुरुङले खड्गप्रसाद ओलीलाई सपथ ग्रहण गराउँदा हाहा हिहि गर्दै सम्मानित पदको ख्याल नराखी उत्ताउलो हाउभाउ दखाएकी राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ ग्रहण गराए पछि बधाई नदिएकोमा बिरोध गरेका छन् ।

नेता गुरुङको ट्वीटः खड्गप्रसाद ओलीलाई सपथ ग्रहण गराउँदा हाहा हिहि गर्दै सम्मानित पदको ख्याल नराखी उत्ताउलो हाउभाउ दखाएकी राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ ग्रहण गराए पछि प्रधानमन्त्री देउवालाई बधाई समेत नदिई जुन रवैया देखाइन् त्यसले उहाँ सबैको राष्ट्रपति हुन् कि हैनन् भन्ने प्रश्न उबजाएको छ।