राजनीति

शासकको मूल कर्तव्य मुलुक र जनताको हितमा हुनु जरूरीः पुर्व राजा शाह

३१ असार, काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाह शासकको मूल कर्तव्य मुलुक र जनताको हितमा हुनु जरूरी रहेको बताएका छन् ।
उनले जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको भन्ने जिज्ञासा गर्दै शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन भनेका छन् ।

उनको ट्वीटः शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन। फेरी जनमानसमा गुनासो शुरू हुन थाल्छ। शासकको मूल कर्तव्य मुलुक र जनताको हितमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।