राजनीति

कमल थापाको साँकेतिक आह्वानः राजसंस्था र हिन्दू राज्य स्थापनाबारे पुनःबिचार गरौं

८ कात्तिक, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टिगत भागवण्डाको आधारमा न्यायधीशको नियुक्ति,सेटिङमा फैसला र भ्रष्टाचारको कारण अहिले न्यायपालिका संकटग्रस्त भएको बताएका छन् ।
अध्यक्ष थापाले ट्वीट गर्दै कार्यपालिका र व्यवस्थापिका पछि न्यायपालिकामा हाल देखिएको विकृतीको निम्ति दल र नेताहरुका साथै २०६३पछि कायम गरिएको अवधारणा र मार्गचित्र पनि त्रुटिपूर्ण भएको ठहर गरेका छन् ।
उनले भन्दै ०६२ ६३ साल अगाडीबाट हटेको हिन्दू राज्य र राजसंस्थाको बिषयलाई पुनःर्विचार गरौँ भनेका छन् । साँकेतिक रुपमा अध्यक्ष थापाले राजसंस्था र हिन्दू राज्य स्थापना गर्नुपर्ने मागसमेत गरेका छन् ।

उनको ट्वीटः पार्टिगत भागवण्डाको आधारमा न्यायधीशको नियुक्ति,सेटिङमा फैसला र भ्रष्टाचारको कारण अहिले न्यायपालिका संकटग्रस्त छ।
कार्यपालिका र व्यवस्थापिका पछि न्यायपालिकामा हाल देखिएको विकृतीको निम्ति दल र नेताहरुका साथै २०६३पछि कायम गरिएको अवधारणा र मार्गचित्र पनि त्रुटिपूर्ण छ। पुनःर्विचार गरौँ