राजनीति

अध्यक्ष मिश्रको प्रश्नः प्रधान न्यायाधीशमाथि कारवाही, सारा विकृतिको मूल कारक के हो ?

९ कात्तिक, दमौली । साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले न्यायालय विगारेको प्रधान न्यायाधीशले कि नेताले ? भन्दै प्रश्न गरेका छन् ।
उनले प्रहरी, प्रशासन, अख्तियार, विश्वविद्यालय विगारेको तत्तत् क्षेत्रका प्रमुखले कि नेताले ? भन्दै अर्को प्रश्न तेस्र्याएका छन् ।
दुई प्रश्न थपेका छन्, ‘तिनै नेतालाई बारम्बार अनुमोदन गर्ने हामी, अनि नतिजा फरक खोज्ने ? प्रधान न्यायाधीशमाथि कारवाही गरूँ तर सारा विकृतिको मूल कारक के हो चिन्नु पर्दैन? ’

उनको ट्वीटः ‘न्यायालय विगारेको प्रधान न्यायाधीशले कि नेताले?  प्रहरी, प्रशासन, अख्तियार, विश्वविद्यालय विगारेको तत्तत् क्षेत्रका प्रमुखले कि नेताले ? तिनै नेतालाई बारम्बार अनुमोदन गर्ने हामी, अनि नतिजा फरक खोज्ने ? प्रधान न्यायाधीशमाथि कारवाही गरूँ तर सारा विकृतिको मूल कारक के हो चिन्नु पर्दैन ?