बाग्मती

मुख्यमन्त्री शाक्यले विश्वासको मतै नलिइ राजीनामा दिने

काठमाडौं १० कार्तिक । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिइ राजीनामा दिने भएकी छिन् । पूर्वनिर्धारित तालिका अनुसार आजको प्रदेशसभा बैठक मार्फत उनले विश्वासको मत लिने तयारी थियो ।

तर उनले त्यसअघि नै राजीनामा दिने भएकी हुन् । उनले विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिन लागेकोे स्रोतले बताएको छ । वाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको छ ।

तर अहिले नेकपा एमालेसँग ४३ सांसद रहेका छन् । यदी अन्य दलबाट शाक्यलाई साथ नरको अवस्थामा मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने अवस्था रहेको छैन ।

भदौ ३ गते मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यले एक महिना भित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता रहेको थियो ।