राजनीति

एउटा पार्टीले अर्को पार्टीलाई शत्रु ठानेर मुलुकको समृद्धि हुँदैनः नेता गुरुङ

१४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले एउटा पार्टीले अर्को पार्टीलाई शत्रु ठानेर मुलुकको समृद्धि हुँदैन भनेका छन् । नेता गुरुङले
नेपाली काँग्रेस शुक्लगण्डकी नगरपालीका तनहुँको प्रशिक्षणमा ‘कांग्रेसको शत्रु एमाले, माओवादी, राजमो, जसपा, लोसपा, राप्रपा आदि इत्यादि कुनै पनि पार्टी हैनन् भन्ने विचार ब्यक्त गडरेका छन् ।
नेता गुरुङले उक्त कार्यक्रममा भनेका छन्, ‘हाम्रो शत्रु गरीबी हो, रोग हो, भोक हो, अशिक्षा हो, बेरोजगारी हो, विभेद हो। एउटा पार्टीले अर्को पार्टीलाई शत्रु ठानेर मुलुकको समृद्धि हुँदैन।’