राजनीति

धनराजको आह्वानः महाधिवेशनमा पर्चा-पम्पलेटको प्रयोग नगरौं

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले १४ औं महाधिवेशनमा पर्चा-पम्पलेटको प्रयोग नगर्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले नेपाली कांग्रेसको अधिवेशनहरुमा नेतृत्व चयन गर्दा उमेदवारहरुले पर्चा-पम्पलेट जस्ता प्रचार सामाग्रीहरुको प्रयोग नगर्न सुझाव दिएका हुन् ।

नेता गुरुङले पर्चाका अक्षरमा लेखिएका प्रतिबद्धताभन्दा विगतको व्यवहार र क्षमता हेरेर प्रतिनिधिले मतदान गर्ने समेत बताएका छन् ।

कांग्रेसको वडादेखि जिल्ला अधिवेशन जारी रहँदा नेता गुरुङले यस्तो सुझाव दिएका हुन् । मंसिर २४ गतेदेखी काठमाडौंमा कांग्रेसको केन्द्रीय महाधिवेश हुँदैछ ।