पर्यटन/संस्कृति

संग्रौलाको टिप्पणीः राजालाई राप्रपाले ल्याउँछु भन्नु स्यालले सिंहलाई सत्ताच्यूत गर्नुसरह हो

१६ मङ्सिर, काठमाडौं । बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले यसो सुन्दा मलाई त स्यालले सिंहलाई सत्ताच्यूत गरी आफू सिंहासनमा विराजमान हुन गर्जन गरेजस्तो पो लाग्यो, मान्यवर। हैट्, कति हाँस्नु ! भन्दै ब्यंग्य गरेका छन् ।
लेखक संग्रौलाले राप्रपाको झुण्ड भेलामा मध्ययुगीन मानसिकता भएका खिया पुरूषहरूले गणतन्त्र र संघीयता खारेज गरी खाली ठाउँमा हिन्दु राजा फर्काउने गर्जन गरेछन् भन्दै उक्त ब्यंग्यात्मक टिप्पणी गरेका हुन् ।
राप्रपाको केन्द्रीय महाधिवेशनमा अध्यक्ष कमल थापा, पशुपति शम्सेर राणा, डा प्रकाशचन्द्र लोहनी नेता राजेन्द्र लिंदेनलगायतका बरिष्ठ नेताहरुले राजा, हिन्दू राष्ट्र फर्काउन सकिने भाषण गरेको प्रति संग्रौलाले ब्यंग्य गरेका हुन् ।
उनको ट्वीटः राप्रपाको झुण्ड भेलामा मध्ययुगीन मानसिकता भएका खिया पुरूषहरूले गणतन्त्र र संघीयता खारेज गरी खाली ठाउँमा हिन्दु राजा फर्काउने गर्जन गरेछन्। यसो सुन्दा मलाई त स्यालले सिंहलाई सत्ताच्यूत गरी आफू सिंहासनमा विराजमान हुन गर्जन गरेजस्तो पो लाग्यो, मान्यवर।हैट्, कति हाँस्नु !