सामाजिक सञ्जाल

मत माग्दै डा कोईराला र गगनसमूह प्रतिनिधिहरुसंग, देउवा ढुक्क हुँदै हानिए बालुवाटार

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका सभापतिका उम्मेद्वार डा शेखर कोईराला, महामन्त्रीका गगन थापालगायत समूहनै आफूहरुलाई मत दिन माग गर्दै राष्ट्रिय सभामा मतदान गर्न लाईन लागेका महाधिवेशन प्रतिनिधिहरुसंग हात जोडेर आग्र गरिरहेका छन् ।
आज साढे सात बजेसम्ममा सम्पन्नत हुने भनिएको सभापतिको पुनः मतदान प्रकृयामा १९२९ मत पाएर दोस्रो स्थान हाँशिल गरेका सभापतिका उम्मेद्वार डा कोईरालाले युवा नेता गगन कुमार थापालाई संगै लिएर आफ्नो पक्षमा मतदानका लागि हात जोड्दै आग्रह गरिरहेका छन् । साथमा महामन्त्रीका अर्का उम्मेद्वार डा मिनेन्द्र रिजाल, उपसभापतिका उम्मेद्वारहरु धनराज गुरुङ र डा चन्द्र भण्डारीलगायत छन् ।
पहिलो चरणको मतदानमा शेरबहादुर देउवाले २२ सय ५८ मत पाएपनि ८४ मतको कमीका कारण ५० प्रतिशत पुर्याउन नसकेपछि दोस्रो चरणको मतदान पुनः हुन लागेको हो । अर्कँ तीन उम्मेद्वारहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेपछि बिजय निश्चित हुने भन्दै प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका देउवालाई चुनौती दिने हिसावमा डा कोइक्षर््राला, गगनसहितका नेताहरु मत माग्न प्रतिनिधिहरुसँग साथमा छन् । मतदानपछि प्रधानमन्त्ती शेरबहादुर देउवा बालुवाटारतिर लागेको अवस्थामा डा कोईराला पक्षका नेताहरु प्रदर्शनीमार्गमा मत माग्दै छन् । मतदानस्थलमा मत माग्दा कुशीमा बसेर मागेको भन्दै प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको सामाजिक सञ्जालमा आलोचना भएको छ । 

गगनले मत माग्दै गरेको तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘पार्टी रुपान्तरणको लागि सभापतिमा डा शेखर कोइरालालाई मत माग्दै राष्ट्रिय सभागृहमा हामी !!’