सामाजिक सञ्जाल

पौष २७लाई ठूलो महोत्सवको रुपमा मनाई सार्वजनिक विदा दिन अलमल नगरौंः नेता घिमिरे

२४ पौष, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले पौष २७लाई राष्ट्रको ठूलो महोत्सवको रुपमा मनाउन र सार्वजनिक विदा दिन अलमल नगरौं, यसैमा हाम्रो कल्याण छ भन्द्यै सरकारसंग प्रस्ताव गरेका छन् ।
नेता घिमिरेले स्टाटस् लेख्दै आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह हुन्। उनलाई राष्ट्रनिर्माता भन्न हिच्किचाउनु चरम कृतघ्नता हो। राष्ट्रनिर्मातालाई अवमूल्यन गर्ने कुनैपनि राष्ट्रको भविष्य हुदैन भन्दै उक्त माग गरेका हुन् ।
केही बर्ष अगाडीदेखी बिदा दिन छाडिएको पृथ्बी जयन्तीमा बिदा दिन नेता घिमिरेसहित सरोकारवालाले माग गर्न थालेका छन् । राप्रपाले पनि अध्यक्ष लिंदेनको संयोजकत्वमा पृथ्वी जयन्तीका अवशरमा बिदा दिनुपर्नेमागसहित प्रधानमन्त्री शेरबहादुर देउवासँग ज्ञापनपत्र बुझाएको थियो ।

नेता घिमिरेको स्टाटस्ः आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह हुन्। उनलाई राष्ट्रनिर्माता भन्न हिच्किचाउनु चरम कृतघ्नता हो। राष्ट्रनिर्मातालाई अवमूल्यन गर्ने कुनैपनि राष्ट्रको भविष्य हुदैन।त्यसैले पौष २७लाई राष्ट्रको ठूलो महोत्सवको रुपमा मनाउन र सार्वजनिक विदा दिन अलमल नगरौं, यसैमा हाम्रो कल्याण छ !