सामाजिक सञ्जाल

रावलको प्रश्नः बालुवाटार, ललिता निवाससम्बन्धि मुद्दा फासफुस गर्ने चाल त छैन ?

२९ पुस, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले बालुवाटार, ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? भन्दै प्रन्दै प्रश्न गरेको छन् ।
उनले अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्छ। अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ भन्ने टिप्पणी गरेका छन् ।

उनको स्टाटस्ः प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्छ। अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ।