सामाजिक सञ्जाल

डा आचार्यको टिप्पणीः चुनावका बेलाको फ्रिको ‘मासु–भात’ ले ठूला दललाई केहि भोट आउँछ

२९ पौष, काठमाडौं । राजनीतिक बिश्लेशक प्रा डा सुर्यराज आचार्यले ठूला दलले पाउने भोटको ठूलो अंश दलका नेताहरू गाउँ–गाउँ पुगेर जनतासँगै र जनताकै दाल, भात, ढिंडो, खिर, मासु–भात जे–जे मिल्छ त्यहि खाएर, जनता कै घरमा बास बसेर जनतासँग जोडिनुको कारणले भएको टिप्पणी गरेका छन् ।
उनले ट्वीट गर्दै चुनावका बेलाको फ्रिको ‘मासु–भात’ ले ठूला दललाई केहि भोट आउँछ नै भन्ने कुरा राखेका छन् । उनले पछिल्लो राजनीति अवस्थाको टिप्पणी गर्दै भनेका हुन् ।

उनले भनेका छन्, ‘चुनावका बेलाको फ्रिको ‘मास–भात’ ले ठूला दललाई केहि भोट आउँछ नै। तर ठूला दलले पाउने भोटको ठूलो अंश दलका नेताहरू गाउँ–गाउँ पुगेर जनतासँगै र जनताकै दाल, भात, ढिंडो, खिर, मासु–भात जे–जे मिल्छ त्यहि खाएर, जनता कै घरमा बास बसेर जनतासँग जोडिनुको कारणले हो।
वैकल्पिक राजनीतिले मनन गरोस् !’