सामाजिक सञ्जाल

लोकेश ढकालको टिप्पणीः संघीयता देशका लागि गाँड हो, नेपालमा संघीयता आवश्यक नै थिएन

४ माघ, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता लोकेश ढकालले संघीयता देशका लागि गाँड भएको बताएका छन् । उनले हिमाल, पहाड़ र तराई सहित विविध प्राकृतिक, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक सम्पदाले भरिपूर्ण सुन्दर हिमाली राष्ट्र नेपालमा संघीयता आवश्यक नै थिएन भन्दै उक्त कुरा बताएका छन् ।
उनले त्यसैले कुन प्रदेशले के नाम राखे, के राख्या भए हुन्थ्यो भन्ने व्यर्थको बहशमा लागिएन ! भन्ने तर्क गर्दै संघीयताको बिषयमा बिमती राखेका छन् ।

उनको ट्वीटः हिमाल, पहाड़ र तराई सहित विविध प्राकृतिक, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक सम्पदाले भरिपूर्ण सुन्दर हिमाली राष्ट्र नेपालमा संघीयता आवश्यक नै थिएन भन्ने मेरो मान्यता छ। संघीयता देशका लागि गाँड हो। त्यसैले कुन प्रदेशले के नाम राखे, के राख्या भए हुन्थ्यो भन्ने व्यर्थको बहशमा लागिएन !