राजनीति

धनराजले प्रधानमन्त्रीसँग असन्तुष्ट हुँदै भनेः जिम्वेवार पदमा बस्ने रेणुलाई बर्खास्तगी नगरी अति गरे खती हुन्छ

८ माघ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मन्त्री रेणु यादबले सीके राउतसहित उनकानन कार्यकर्तालाई मार्ने धम्की दिएकोमा जनआक्रोश आउँदासम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरेको भन्दै कडा बिरोध गरेका छन् ।
उपसभापति गुरुङले न मन्त्री स्वयमले सार्वजनिक रुपमा माफी मागेको सुनियो, न सम्बन्धित दलले कारबाही गरेको सुनियो भन्दै मन्त्रीले अटेर गर्दा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
उनले स्टाटस् लेख्दै मन्त्री जस्तो जिम्मेवार पदमा बसेर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको यतिका दिनसम्म पनि कुनै वास्ता नगर्नु गलत भएको संकेत गरेका हुन् । उनले जनआक्रोसलाई बेवास्ता गर्दै अति गरे खती हुन्छ भन्छन् है भन्दै सचेत गराएका छन् ।

उपसभापति गुरुङको स्टाटस्ः मन्त्री जस्तो जिम्मेवार पदमा बसेर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको यतिका दिनसम्म पनि न मन्त्री स्वयमले सार्वजनिक रुपमा माफी मागेको सुनियो, न सम्बन्धित दलले कारबाही गरेको सुनियो, न त प्रधानमन्त्रीले बर्खास्त गरेको सुनियो !
अति गरे खती हुन्छ भन्छन् है।