सामाजिक सञ्जाल

काँग्रेस केन्द्रीय सदस्य खतिवडाको टिप्पणीः बाँदर जस्तो अरुको भत्काउने काम एमालेले गर्दैछ

१० माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले बादर जस्तो अरुको भत्काउने काम एमाले गर्दै छ भन्ने गम्भीर आरोप लगाएका छन् । उनले सत्तारुढ नेतृत्वकर्ता दलको युवा नेता खतिवडाले ट्वीट गर्दै निर्वाचित निकाय देख्न नसक्ने, पुनःस्थापन भए भंग गर्ने, चुनावबाट दुई तिहाई मतदान गरेर बनेको सरकार चलाउन नसक्ने, संविधान अनुसार चुनाव हुन्छ भन्दा रुने भन्दै उक्त गम्भीर आरोप लगाएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधि सभा तिर्बाचन समयमा नै गर्ने भनिए बक्तब्य दिईसकेको अवस्थामा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले निर्बाचन समयमा नगराउने भन्दै देउवा सरकारको आलोचना गरेको अवस्थामा युवा नेता खतिवडाले सरकारको बचाउ गर्दै प्रतिपक्षी दलका बिरुद्ध उत्रिएका हुन् ।
कोरोना संक्रमित भएको अवस्थामासमेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बक्तब्यमार्फत देउवा सरकारको कडा आलोचना गरेका थिए ।

उनको ट्वीटः निर्वाचित निकाय देख्न नसक्ने, पुनःस्थापन भए भंग गर्ने, चुनावबाट दुई तिहाई मतदान गरेर बनेको सरकार चलाउन नसक्ने, संविधान अनुसार चुनाव हुन्छ भन्दा रुने, बादर जस्तो अरुको भत्काउने काम एमाले गर्दै छ।