राजनीति

उपसभापति गुरुङ प्रधानमन्त्रीलाई भन्छन्ः जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने महाअपराधीलाई, तत्काल कारबाही गर्नुस्

१४ माघ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरु महाअपराधी हुन् भन्ने कडा अभिब्यक्ती दिएका छन् ।

उपसभापति गुरुङले ट्वीट गर्दै प्रधानमन्त्रीज्यु! यस सन्दर्भमा छानवीन समिति गठन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग आफ्नै पार्टी नेतृत्वमा बनेको सरकार प्रमुखसँग कडा मागसमेत गरेका छन् ।

उनले कोभिड विरुद्धको २४ लाख डोज खोप हराएको सन्दर्भमा ले चासो लिएको राम्रो हो भन्दै प्रधानमन्त्री देउवासँग खोप हिनामिना गर्नेलाई छानकिन गरी कारबाही गर्न माग गरेका हुन् ।

उपसभापति गुरुङको ट्वीटः

कोभिड विरुद्धको २४ लाख डोज खोप हराएको सन्दर्भमा
@PM_Nepal_ले चासो लिएको राम्रो हो।
प्रधानमन्त्रीज्यु! यस सन्दर्भमा छानवीन समिति गठन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्।
जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरु महाअपराधी हुन्।
जय नेपाल।