सामाजिक सञ्जाल

मिश्रको कडा प्रश्नः अब पनि देश साँच्चिकै असफल राष्ट्र हुन अब अरू के, के हुनु पर्ने हो ?

२९ माघ, काठमाडौं  स्  विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले देश साँच्चिकै असफल राष्ट्र हुन अब अरू के, के हुनु पर्ने होरु भनेर कडा प्रश्न गरेका छन् । 

अध्यक्ष मिश्रले ट्वीट गर्दै, ‘देशको सिमानामा नियन्त्रण छैनस स्वाधिनतामा नियन्त्रण छैनस विदेशीहरू उत्तर, दक्षिण, पश्चिम सबैतिरबाट प्रहार गर्छन् ः देश हाँक्ने संस्थाहरूको विश्वसनीयता छैनस सुशासन छैन, समाज अशास्य भएर गएको छ।’ भन्दै उक्त कडा प्रश्न सोधेका हुन् ।
अमेरिकी मन्त्रीने नेपालका प्रधानमन्त्रीलगायतका शक्तीसाली नेताहरुलाई फोन गरी एमसीसीका बिषयमा गम्भीर दबाब दिएपछि अध्यक्ष मिश्रको टिप्पणी आएको हो ।
केहीदिन अगाडीमात्र अमेरिकी बिदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष, नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाललाई फोन गरी एमसीसी पास गर्न दबाब दिएपछि राजनीतिक बृतमा बिभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।

अध्यक्ष मिश्रको ट्वीटः देशको सिमानामा नियन्त्रण छैनस स्वाधिनतामा नियन्त्रण छैनस विदेशीहरू उत्तर, दक्षिण, पश्चिम सबैतिरबाट प्रहार गर्छन्स देश हाँक्ने संस्थाहरूको विश्वसनीयता छैनस सुशासन छैन: समाज अशास्य भएर गएको छ। देश साँच्चिकै असफल राष्ट्र हुन अब अरू के, के हुनु पर्ने हो?