सामाजिक सञ्जाल

देउवाले चुच्चे नक्शालाई बुच्चे बनाए, माधव र प्रचण्डले एमसीसी पासमा ताली बजाउँछन्ः बाँस्कोटा

३ फागुन, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देउवाले सयदिनमा चुच्चे नक्शालाई बुच्चे बनाएको आरोप लगाएका छन् ।
पुर्व सञ्चारमन्त्तीसमेत रहेका नेता बाँस्कोटाले अब पुष्पकमल र माधबले हप्तादिन जसोमा एमसिसि सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायर सहितको मशाल जुलुस गरी खारेज गर्छन् भनेका छन् ।
बाँस्कोटाले त्यसपछि राष्ट्रवादको नयां भाष्य निर्धारण हुन्छ, टिप्पणी गरेका छन् । रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो भन्ने बताएका छन् ।
उनको ट्वीटः देउवाले सयदिनमा चुच्चे नक्शालाई बुच्चे बनाए। अब पुष्पकमल र माधबले हप्तादिन जसोमा एमसिसि सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायर सहितको मशाल जुलुस गरी खारेज गर्छन् । त्यसपछि राष्ट्रवादको नयां भबिष्य निर्धारण हुन्छ।रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो।