सामाजिक सञ्जाल

बरिष्ठ लेखक संग्रौलाको टिप्पणीः पाँच दलीय गठबन्धन, गठबन्धन होइन, भाँडबन्धन हो

५ फागुन, काठमाडौं । बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले गठबन्धन होइन, भाँडबन्धन हो भन्ने आरोप लगाएका छन् ।
संग्रौलाले ट्वीट गर्दै एमसीसी पास गर्न खुट्टा उचाल्ने उही छ, विरोधको आगो ओकल्ने उही छ भन्दै उक्त आरोप लगाएका छन् ।
पाँच दलीय गठबन्धनमा एमसीसी पास गर्ने र फेल गर्ने बिषयमा विचारमा बिबाद नभए पनि पास नगर्न माओबादी केन्द्र र एकीकृत समाजबादीले गरेको भूमिकालगायतमा असन्तुष्टी पोख्दै संग्रौलाको उक्त कडा टिप्पणी आएको हो ।

उनले भनेका छन्, ‘ यो पाँचमुखे गठबन्धन त आपसी भर र विश्वासबाट पूरापूर च्यूत भई कल्ले कल्लाई कसरी धोका दिने भन्नेतिर लाग्या पो देखियो गाँठ्ठे। भत्तासहितको सत्तामा उही छ, सडकमा ओर्लेर कुर्लिने उही छ।’
उनको ट्वीटः यो पाँचमुखे गठबन्धन त आपसी भर र विश्वासबाट पूरापूर च्यूत भई कल्ले कल्लाई कसरी धोका दिने भन्नेतिर लाग्या पो देखियो गाँठ्ठे। भत्तासहितको सत्तामा उही छ, सडकमा ओर्लेर कुर्लिने उही छ। एमसीसी पास गर्न खुट्टा उचाल्ने उही छ, विरोधको आगो ओकल्ने उही छ। यो गठबन्धन होइन, भाँडबन्धन हो !