सामाजिक सञ्जाल

प्रचण्ड/माधवलाई अध्यक्ष थापाको सल्लाहः सडकमा टायर बाल्ने अनि सत्ता नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्

६ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् भनेका छन् ।
काँग्रेससँग सहकार्य गरेका दलहरु नेकपा माओबादी केन्द्र रनेकपा समाजबादी दललाई आग्रह गर्दै सरकार र सडकमा दोहोरो चरित्र नदेखाउन आग्रह गरेका हुन् ।
अध्यक्ष थापाले सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ भनेका छन् ।

उनको ट्वीटः सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्

@cmprachanda @ncp_madhavnepal MCC को विरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्।सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ