सामाजिक सञ्जाल

एमसीसी सम्झौता गर्ने बाबुराम/झलनाथ/माधब/महरा/ कार्की र देउवा हुन्, एमाले वा प्रहरी होईनः नेता बास्कोटा

१० फागुन, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमसीसी सम्झौताको बिषयमा भएको आन्दोलनको बिषयमा कडा चासो ब्यस्त गरेका छन् ।
पुर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट नेता बास्कोटाले किन अत्तो न पत्तोको रिस चै आफ्नै सम्पति र जनशक्ति माथि ? भन्ने प्रश्न गर्दै गृह प्रशासन र काँग्रेस नेतृत्वको सरकारको बिरोद्ध गर्दै भनेका छन् ।
उनले ट्वीट गर्दै सम्झौता गर्ने त बाबुराम, झलनाथ, माधब, महरा, कर्की र देउवा हुन भनेका छन् । नेता बास्कोटाले प्रहरीले एमसीसी सम्झौता गरेको हैन न त सडक र वरिपरिका बोटविरुवाले सम्झौता गरेका हुन किन प्रहरीमाथी आक्रमण भन्ने तर्क प्रश्तुत गरेका छन् । नेता बाँस्कोटाले एमालेले एमसीसी सम्झौतामा कुनै पनि भूमिका नखेलेको भन्न खोजेको ट्वीटबाट बुझ्न सकिन्छ ।

उनको ट्वीटः प्रहरीले एमसीसी सम्झौता गरेको हैन न त सडक र वरिपरिका बोटविरुवाले सम्झौता गरेका हुन। सम्झौता गर्ने त बाबुराम, झलनाथ, माधब, महरा, कर्की र देउवा हुन। किन अत्तो न पत्तोको रिस चै आफ्नै सम्पति र जनशक्ति माथि ? यो गलत हो।