सामाजिक सञ्जाल

बलात्कार जस्तो जघन्य अपराधलाई हाँसी मजाकमा ल्याउनु गलत होः सह-महामन्त्री गिरी

१३ फागुन, बुटबल । नेपाली काँग्रेस लुम्बिनि प्रदेशकी सहमहामन्त्री निमा गिरीले नेपालमा जसले जे अपराध गरेको छ त्यसको सजाय हुने कानून ल्याउनु जरुरी रहेको बताएकी छन् ।
अधिवक्तासमेत रहेको सहमहामन्त्री गिरीले लिभिङ टुगेदर बस्ने अनि कुरा नमिलेसि रेप, केटाले केटिलाइ पैसा दिन्छ पैसा फिर्ता दिन मन नभएसी रेप भन्दै प्रश्न गरेकी छन् ।
उनले रेप जस्तो जघन्य अपराधलाई हासी मजाकमा ल्याउने भन्दै कानूनप्रति असन्तुष्टी ब्यक्त गरेका छन् ।
उनले पल शाह र समिक्षा अधिकारीको पछिल्लो बलात्कारको बिबाद आईरहेका बेला नेविसंघबाट राजनीतिमा प्रबेश गरेकी उनले सामाजिक कुरीतिका बिषयमा बोल्ने आँट गरेकी छन् ।
बलात्कार जस्तो जघन्य अपराधलाई हाँसी मजाकमा ल्याउनु गलत हो भन्ने नेतृ गिरीको साँकेतिक तर्क छ ।

उनको स्टाटस्ः नेपालमा जसले जे अपराध गरेको छ त्यसको सजाय हुने कानून ल्याउनु जरुरी छ, लिभिङ टुगेदर बस्ने अनि कुरा नमिलेसि रेप, केटाले केटिलाइ पैसा दिन्छ पैसा फिर्ता दिन मन नभएसी रेप, एक तर्फे प्रेम गर्ने कुरो नमिलेसी रेप, रेप जस्तो जघन्य अपराधलाई हासी मजाकमा ल्याउने