सामाजिक सञ्जाल

चाहे जति सुकै जटिल किन नहोस् नारीलाई समान बनाउन कार्य जारी रहन्छः नेतृ रेखा थापा

१९ फागुन, काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले चाहे जति सुकै जटिल किन नहोस् नारीलाई समाजमा समान बनाउने कार्य जारी रहन्छ भनेकी छन् ।
उनले सामाजिक सञ्जालमा नारीका बिषयमा लामो कुरा लेकेकी छन् । पछिल्लो महाधिवेशनमा महामन्त्रीमा निर्बाचन लडेर थोरै मतले पराजीत भएकी रेखा थापालाइ) हिजोमात्र अध्यक्ष राजेन्द्र लिंदेनले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

बरिष्ठ अमेनेत्री, प्रोडुसर, समाजसेवीसमेत रहेकी राप्रपा नेतृ थापाले सामाजीक सञ्जालमा लेख्दै भनेकी छन्, ‘छोरी बन्ने तालिम र सामाजिक नियमः तालिम शब्द सैन्य वा औध्योगिक सिप सिकाउने क्षेत्र बाट आएको भएपनि प्रयोग ब्यापक छ। जन्मिदा मानव जन्मेपनी छोरीलाई परिवार, समाज, र सन्स्कार आदिले खास किसिमको भूमिका निर्बाह गर्ने तालिम दिईरहेको हुन्छ । उठ्ने बस्ने, बोल्ने देखी सोच्ने तरिका सम्मको निर्धारित कलामा एउटा छोरी प्रशिक्षित गरिन्छिन् ।
छोरीलाई दिईने यो तालिमको उद्देश्य हुन्छ उनलाई महिला हुन लायक बनाउनु । त्यस्तो महिला बनाउनु जस्तो उनकी आमाको पुस्ता छ वा शास्त्र र समाजको कथनमा मेल खाओस । छोरी निडर, बिद्रोही, प्रतिबाद गर्ने पात्रको रुपमा स्विकारीन्नन किनकी यो आदर्श ढाचा होइन । छोरी बनाउने तालिमले छोरी जन्मिदा लिएर आएको मानवपन माथि सामाजिक रङ लेपन गरिन्छ । उनी आफु र आफ्नो स्वभाविक अस्तित्व मारेर मात्रा महिला बन्न वाध्य हुन्छिन् । आज पनि यो तालिम जारी छ ।
छोरी वा महिला बन्ने तालिमको आदर्श समाजबाट लिईन्छ । समाज एउटा अलिखित नियम हो । समाज एउटा कानुन बन्दछ । हरेक ब्यक्ती भित्र रहेको मान्यताले वा अपेक्षाले नजानिदो प्रकारले प्रभाव दिने क्रम जारी छ। आज महिलाको जीवन पूर्ण स्वतन्त्रता र समानतामा ल्याइ पुर्याउन समाजका नियम बाधक हुन्छन् । जसरी दलित बनाइन्छन्, जसरी गरीब र अभागि बनाइन्छन् मान्छे ।
यो त्यस्तो प्रकृया हो जहाँ दन्डित गर्ने पिडक भेटिदैन तर सोच र मान्यताको रुपमा अनबरत चली राख्छ सामाजिक निर्देश बनेर । आगामी दिनमा छोरीको निम्ति अनुकुल समाज बनाउन यिनै तालिम र नियम फेरिनु पर्नेछ चाहे जति सुकै जटिल किन नहोस् ।’