मनोरञ्जन

पल/समिक्षाको बिषयमा प्रियंकाले भनिन्ः अन्याय बिरुद्ध आवाज उठाउने दिदी–बहिनीहरुको आत्मादेखि नै कदर गर्दछु

१९ फागुन, काठमाडौं । कलाकार प्रियंका कार्कीले कलाकारद्वय पल शाह र समिक्षा अधिकारीको बलात्कार बिबादमा बोलेकी छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेख्दै यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन भनेकी छन् ।
अभिनेत्रीसमेत रहेकी कार्कीले फेसबुकमा लेख्दै दुःखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले ‘म पीडित हुँ’ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ भनेकी छन् ।
उनले उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ भन्ने तर्क गरेकी छन् ।

दुःखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले ‘म पीडित हुँ’ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।
नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।
बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।