२२ फागुन, काठमाडौं । ‘विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एमालेमा प्रवेश’ भनी कतिपय सञ्चारमाध्यममा प्रकाशित खबर पूर्णतः असत्य र भ्रमपूर्ण छरहेको विवेकशील साझा पार्टीले जनाएको छ ।
उक्त पार्टीले विज्ञप्ती जारी गर्दै एमाले प्रवेश गरेका भनिएका व्यक्ति विवेकशील साझा पार्टीको कहिल्यै पनि जिल्ला संयोजक पदमा चयन नभएको र हाल उनी सदस्यसमेत नरहेको विवेकशील साझा स्पष्ट पारेको छ ।
उक्त समाचार सच्याउन र खण्डन प्रकाशित गर्न सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोधसमेत विवेकशील साझा पार्टीले गरेको छ ।





