सामाजिक सञ्जाल

बरिष्ठ लेखक संग्रौलाको ब्यंग्यः झल्ला पार्टीका साना अध्यक्ष पुरेत हुनु कत्रो कुरो हो र ?

२३ फागुन, काठमाडौं । बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले हुन त पार्टीका ठूला अध्यक्षले महिष पूजन गर्ने झल्ला पार्टीका साना अध्यक्ष पुरेत हुनु कत्रो कुरो हो र ? भनेर प्रश्न गरेका छन् ।
संग्रौलाले माओवाद द्वन्द्वात्मक भौतिकवादी र नास्तिक दर्शन हो भनी पढ्याथेँ। अचम्म, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिकाका ‘माओवादी’ वडाध्यक्ष्य केदारनाथ आचार्य हिन्दु पुरेत्याइँ गर्दारहेछन् भन्दै उक्त प्रश्न गरेका हुन् ।
उनको स्टाटस्ः माओवाद द्वन्द्वात्मक भौतिकवादी र नास्तिक दर्शन हो भनी पढ्याथेँ। अचम्म, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिकाका ‘माओवादी’ वडाध्यक्ष्य केदारनाथ आचार्य हिन्दु पुरेत्याइँ गर्दारहेछन्। हुन त पार्टीका ठूला अध्यक्षले महिष पूजन गर्ने झल्ला पार्टीका साना अध्यक्ष पुरेत हुनु कत्रो कुरो हो र ?