सुदूरपश्चिम

‘सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय छ’


१६ चैत्र, कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकको समग्र परिवर्तनमा सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश समिति र नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको संयुक्त आयोजनामा धनगढीमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले नेपालको परिवर्तनका लागि भएका हरेक किसिमका आन्दोलनमा सञ्चार क्षेत्रको सहभागी र अगुवाइ महत्वपूर्ण रहेको बताए ।

“नेपालको संविधान २०७२ संस्थागत विकास गर्न र संविधानको सर्वोच्चतालाई स्थापित गर्नु पर्नेछ”, मन्त्री जोशीले भने, “यो काममा मुलतः मुलुकका राजनितिक दल र सञ्चार क्षेत्र महत्वपूर्ण रुपमा जोडिनुपर्दछ ।” मन्त्री जोशीले राजनीतिक र सञ्चार क्षेत्रमा विसङ्गति भित्रिएकाले यसको शुद्धिकरण, व्यवस्थितकरण र सुशासनका सम्बन्धमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।