समाचार

भारतीय समकक्षी मोदीसँग भेटवार्ताका लागि हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा


१९ चैत, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित हादराबाद हाउस आइपुगेका छन् । तीनदिने भ्रमनका लागि प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली आइपुगेका हुन् ।
दुईपक्षियको भेटवार्ता पछि केहि बेरमा दुवै देशका प्रधानान्त्रीले नेपाली रेलको उद्घाटन कार्यक्रम गर्ने तयारी छ । दुवै देशको प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि नेपाल रेल्वे कम्पनिको रेल गुड्ने छ ।

तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार भारतका राजधानी नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवाले भ्रमणको शुरुवात सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयबाट गरेका छन् ।
उनि दिल्ली उत्रिएलगत्तै भाजपाको कार्यालय गएका थिए । त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डालगायतका प्रतिनिधिसँग भेटघाट गरेका थिए । त्यस्तै शुक्रबार नै उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटघाट गरेका थिए भने साँज नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
पाँचौं पटकको प्रधानमन्त्रित्वकालमा देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।