सामाजिक सञ्जाल

यो हप्ता म अत्यन्तै ब्यस्त छुः मन्त्री झाँक्री

२४ चैत, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यो हप्ता एकदमै व्यस्त छु भनेकी छन् ।
उनले स्टाटस् लेख्दै भनेकी छन्, ‘निर्वाचन आचार संहिता लाग्नु भन्दा अगाडी गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको शैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनु पर्ने समय सिमा र आन्तरीक कामको कारणले, कतिपय साथिहरू मन्त्रालय आएर पनि म सँग भेट हुन सकेको छैन। कतिपय साथिहरूलाई समय दिन सकेको छैन।’
उनले भनेकी छन्, ‘त्यसको लागि क्षमा चाहन्छु। यो हप्तापछि नियमित पार्टी काममा फर्किने छु।’

नेकपा एकीकृत समाजबादीकी नेतृसमेत रहेकी मन्त्री झाँक्रीको स्टाटस्ः यो हप्ता एकदमै व्यस्त छु। निर्वाचन आचार संहिता लाग्नु भन्दा अगाडी गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको शैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनु पर्ने समय सिमा र आन्तरीक कामको कारणले, कतिपय साथिहरू मन्त्रालय आएर पनि म सँग भेट हुन सकेको छैन। कतिपय साथिहरूलाई समय दिन सकेको छैन। त्यसको लागि क्षमा चाहन्छु। यो हप्तापछि नियमित पार्टी काममा फर्किने छु।